शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयलाई कम्प्युटर वितरण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयलाई कम्प्युटर वितरण



विशाल पाण्डेय / सुखड,कैलाली ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयलाई कम्प्युटर वितरण गरिएको छ । घोडाघोडी नगरपालिका – ३ बगुलियामा रहेको गङ्गरी
आधारभूत विद्यालयलाई वडा नम्बर ३ को कार्यालयद्बारा ११ थान कम्प्युटर आइतबार वितरण गरिएको हो ।

बालबालिकाहरुले कम्प्युटर सम्बन्धि सैद्धान्तिक तरिकाले अध्यापन गर्दै आएपनि अब व्यवहारिक तरिकाले पढाउनको लागि विद्यालयलाइ कम्प्यूटर प्रदान गरिएको घोडाघोडी नगरपालिका वडा नं ३ का वडाध्यक्ष कमल थारुले जानकारी दिए ।

विद्यालय घेरबारको लागि वडाले बजेट बिनियोजन गरेपनी विद्यालयले बालबालिकाहरुको लागि कम्प्युटरको माग गरेपछि आफुले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि कम्प्युटर उपलब्ध गराएको अध्यक्ष थारुले बताए । थारुले विद्यालय परिवारलाई कम्प्युटर वितरण गर्दै यसको सदुपयोग गर्नको लागि आग्रह समेत गरेका छन् । बालबालिकाहरुलाई नियमितरुपमा विद्यालय पठाउन अभिभावकलाई आग्रह गर्दै अध्यक्ष चौधरीले घर परिवारले पनि बालबालिकाकालाई घरमा पढ्नको लागि उचित वातावरण मिलाउन आग्रह गरे ।

भौगोलिक अवस्थाले पछि परेको ठाउँमा रहेको विद्यालयको नजिकै पर्यटकीय क्षेत्र ठुलो बग्लौवा तालपनि रहेको हुनाले यसको प्रचारप्रसारमा जोड दिने अध्यक्ष थारुले बताए । तालको व्यवस्थापन गरि डुङ्गा संचालनमा ल्याउन सकियो भने विद्यालयसंगै गाउँको मुहार समेत फेरिने अध्यक्ष थारुले बताए ।

आर्थिक बर्ष २०७६/०७७ मा साढे पाँच लाख बजेट विनियोजन गरि २४ वटा कम्प्युटर खरिद गरेको अध्यक्ष थारुले जानकारी दिए । अध्यक्ष थारुले गङ्गरी आधारभूत विद्यालय बगुलियालाई ११ थान, समैजी आधारभूत विद्यालयलाई ११ थान र वडा कार्यालयलाई २ थान कम्प्युटर ल्याइएको जानकारी दिदै केही दिनमा अन्य ठाउँमा वितरण गरिने जानकारी दिए ।

विद्यालयमा कम्प्युटर पढाउन समस्या भइरहेको बेलामा कम्प्युटर उपलब्ध गराइएको भन्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष वीर बहादुर चौधरीले वडा कार्यालयलाई धन्यवाद व्यक्त गरेका थिए । उनले कम्प्युटर मात्र नभै विद्यालयमा बजेट नहुदा टेबुल समेत खरिद गर्न नसकेको हुँदा टेबुलको समेत उपलब्ध गराउन वडा कार्यालयलाई आग्रह समेत गरेका छन् । चौधरीले बालबालिकालाई विद्यालय पठाउन अभिभावकसंग आग्रह समेत गरेका छन् ।

विद्यालयका प्रधानध्यापक वैदेही तिवारीले शिक्षा क्षेत्रलाई अगाडी बढाउनको लागि विद्यालयमा कम्प्युटर वितरण गरिएकोमा वडा कार्यालयलाई धन्यवाद दिदै खुशी व्यक्त गरेका छन् । कार्यक्रमको संचालन वडा नं ३ का सचीव होम प्रसाद रिजालले गरेका थिए ।