विश्वका सात राष्ट्रबाट एक वर्षमै १६ कराेडकाे कण्डम आयात - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विश्वका सात राष्ट्रबाट एक वर्षमै १६ कराेडकाे कण्डम आयात



नेपालमा एक वर्षमा १६ करोड बढीको कण्डम आयात भएको पाईएको छ । विश्‍वका सात राष्ट्रबाट नेपालमा कण्डम आयात हुने गरेको छ ।

भन्सार विभागले जारी गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार विश्वका सातवटा मुलुकबाट कण्डम भित्रिने गरको छ ।

भारत, चीन, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कण्डम आउने गरेको छ । गत आर्थिक वर्षमा विदेशबाट ५ करोड २८ लाख ३७ हजार थान कण्डम किन्न १६ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

सबैभन्‍दा बढी कण्डम भारतबाट आयात भएको छ । भारतबाट ११ करोड ७० लाख ९२ हजार रुपैयाँको कण्डम भित्रिएको छ । यस्तै, अमेरिकाबाट २ करोड ४८ लाख रुपैयाँको कण्डम भित्रिँदा दक्षिण कोरियाबाट ९६ लाख ९४ हजार रुपैयाँको भित्रिएको छ ।

मलेसियाबाट ५९ लाख रुपैयाँको आयात हुँदा चीन ५४ लाख ५२ हजार रुपैयाँको कण्डम आयात भएको भन्सारकाे तथ्यांकले देखाएको छ ।