काँग्रेस हार्नुमा देउवा मात्रै दोषी होइनन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

काँग्रेस हार्नुमा देउवा मात्रै दोषी होइनन



कर्ण अधिकारी।

नेपाली काँग्रेसले नमिठो पाराले २०७४ को चुनाव हारे पश्चात् विभिन्न सामाजिक सञ्जाल तथा मिडियाहरूमा नेपाली काँग्रेसको केन्द्रीय कमिटीमा रहेका नेताहरू र केही कार्यकर्ताहरूले नेतृत्व परिवर्तनका विषयमा कुराहरू उठान गरी रहेका छन्। नेपाली काँग्रेसले किन र के कारणले गर्दा हार्यो भनेर समीक्षा गर्नुको साटोमा नेतृत्व परिवर्तनका कुराहरू सामाजिक सञ्जालहरूमा छाई रहदा यो गलत मार्गको सुरूवाती हो भन्ने लाग्दछ।

कमी कमजोरी पार्टी सभापति देउवाबाट भएकै हो।राजदूत प्रकरण,आईजी प्रकरण,प्रधान न्याधिश प्रकरण,सत्ता मोह,नाकाबन्दीको समयमा खुलेर भारतले नाकाबन्दी लगाएको हो भन्न नसक्नु,काँग्रेसको भातृसंगठनको चुनाव गराउने नाममा आफ्ना आसेपासेलाई विजयी बनाउनु,टिकट वितरणमा राम्रा व्यक्तिले भन्दा पनि हाम्रा व्यक्तिले पाउनु श्रीमतीलाई स्थान दिनु र सक्षम कार्यकर्ताहरूलाई पाखा लगाउने जस्ता कार्यहरूमा मुछिनुले पनि काँग्रेसलाई धक्का लागेकै हो तर उहाँको काधमा आएको जिम्मेवारीबाट पछि हट्नु त भएननी।चुनाव गराउनु थियो सम्पन्न भएको छ यसलाई महान् सम्झिनु पर्छ किनकि कम्युनिस्टका ३/३ वटा प्रधान मन्त्री भएर पनि बनाउन नसकेको संविधान सुशील कोइरालाको नेतृत्वले गराई छाड्यो भने संविधान लागु गर्नकै लागि भए पनि देउवाको नेतृत्वमा बनेको सरकारले स्थानीय,प्रदेश र प्रतिनिधि सभाको चुनाव गराई छाडे।काँग्रेस हार्नुको मूल कारण नै बाम एकता हो भन्ने कुरा मनन गरौँ।

नेपालको दोस्रो र तेस्रो पार्टी मिलेर पनि काँग्रेस थोरै मतले हार्नुले पनि काँग्रेसको भोटर घटेका छैनन् केवल माहौल मात्र बदलीयको हो।जनताका बिचमा क्षणिक एजेन्डा पस्कन नसक्नु र भविष्यको अर्थ तन्त्रलाई परिकल्पना गर्दै एमालेका सामु वृद्ध भत्ता लगाएतका कुराहरूमा खुलेर जनताको सामु बोल्न नसक्नुले पनि काँग्रेसलाई घाटा लागेकै हो।नेपाली जनताको मनोभावना बुझ्न नसक्नु र केपी प्रचण्डले त्यही अनकुल काम गर्नुले पनि काँग्रेसले हार ब्यहोर्नु परेको हो।प्रतिनिधि सभालाई मात्र तुलना गर्नुको साटो समानुपातिकको मतको तुलना गर्ने हो भने पनि काँग्रेस १ नं पार्टी हो भन्ने प्रस्ट छ।काँग्रेस हारेको पक्कै पनि नेतृत्वको कारणले होइन।नेपाली काँग्रेसले धेरै पटक बहुमतका साथ सरकार चलाई सकेको छ अब कम्युनिस्टको पनि सरकार चलाई हेरेर पाठ सिक्न जरुरी छ।काँग्रेसको कमी कम्जोरी काहाँ भएको हो त्यसको समीक्षा बेगर नेतृत्वलाई नै गाली गरेर बसी रहनु उचित छैन।यदि नेतृत्व नै कम्जोर हो भन्ने लाग्छ भने यसको जिम्मेवार केन्द्रीय नेताहरू र १३ औँ महाधिवेशनमा देउवालाई भोट दिएर विजय गराउनु हुने काँग्रेसका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूले पनि जिम्मेवारी लिनु पर्दछ।