निर्वाचन आयोगमा कांग्रेसले दुई वटा बन्दसूची बुझाएपछि पार्टीमा खैलाबैला - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

निर्वाचन आयोगमा कांग्रेसले दुई वटा बन्दसूची बुझाएपछि पार्टीमा खैलाबैला



नेपाली कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको दुईवटा बन्दसूची बुझाएपछि पार्टी पंतीमै खैलाबैला मच्चिएको छ ।

सोमबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बन्दसूची बुझाएपनि राति शेखर कोइराला समूहले अर्को बन्दसूची बुझाएको छ ।

दुईवटा बन्दसूची बुझाएको खुलेपछि कांग्रेसका शिर्ष नेताहरू तनावमा परेका छन् । सम्मानजनक सिट नपाए विद्रोह गर्ने तयारी गरेका शेखर समूहले आयोगमै पुगेर समानुपातिकको बन्दसूची बुझाएलगत्तै थप अन्योल सिर्जना भएको छ ।

कांग्रेस नेताहरूले भने यसबारे बैठक बोलाएर छलफल गर्ने तयारी भएको बताए । कांग्रेस र आयोगले भने यसबारे बोल्न चाहेको छैन ।

कांग्रेसमा भने यो विषयले उग्र रूप लिने देखिएको छ । नेताहरूले जोडतोडले यसमा छलफल गर्ने तयारी गरिरहेको बुझिएको छ ।

यसबारे पार्टी प्रवक्ता प्रकाशशरण महतसँग जिज्ञासा राख्ने प्रयास गरे पनि सम्पर्क हुन सकेन । महामन्त्री शर्माले भने दुईवटा सूची बुझाएकाे कुरा हल्ला मात्रै भएकाे बताए । ‘त्यस्ताे हैन, याे हल्ला मात्रै हाे’, उनले भने ।

एक नेताका अनुसार आधिकारिक हस्ताक्षर नभै निर्वाचन आयोगले दर्ता गर्न नमिल्ने भएकाले शेखर समूहले बुझाएको सूचीको कुनै अर्थ नहुने बताए ।