कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित



नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

माघ १५ का लागि बोलाइएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताए ।

यसअघि सुरुमा २२ पुसका लागि बोलाइएको केन्द्रीय समिति बैठक पुस २८ मा सारिएको थियो । २८ पुसका लागि बोलाइएको बैठक फेरि माघ १५ सम्मका लागि सारिएको थियो ।