सत्ता गठबन्धन तोडिने अपेक्षा, कांग्रेसले डाक्यो संसदीय दलको बैठक - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सत्ता गठबन्धन तोडिने अपेक्षा, कांग्रेसले डाक्यो संसदीय दलको बैठक



नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि बस्नेगरी डाकिएको राष्ट्रियसभाका लागि पार्टीका मुख्य सचेतक रमेश लेखकले बताएका छन् ।

लेखकका अनुसार संसदीय दलको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बोलाइएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

राष्ट्रपति चुनाव नजिकिँदै जाँदा कांग्रेसले माओवादी केन्द्रसँग निकटता थप बढाउने प्रयास गरिरहेको छ । प्रतिपक्षी दलको हैसियतले संसदमा कांग्रेस नेताहरूले सरकारलाई खबरदारीसमेत खुलेर गरिरहेका छैनन् ।

उता एमाले, रास्वपा र राप्रपासँग गठबन्धन गरी सरकार बनाएको माओवादी केन्द्र पनि केही दिनयता सत्ता साझेदार दलबाटै दबाबमा पर्न थालेको छ । यस्तै मौका हेरिरहेको कांग्रेस सत्ता गठबन्धन तोडिने अपेक्षामा छ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।