काङ्ग्रेस बैठक फेरी स्थगित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काङ्ग्रेस बैठक फेरी स्थगित



काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबार दिउँसोका लागि डाकिएको बैठक स्थगित भएको हो ।

सभापति शेरबहादुर देउवासहितका पदाधिकारीहरु पार्टी केन्द्रीय कार्यालय सानेपा पुगिसकेको अवस्थामा पौडेल नआउने जानकारी पाएपछि पदाधिकारीमात्र बैठक बसेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पदाधिकारी बैठकले यही भदौ २४ गतेदेखि पार्टीले सुरु गर्ने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको रणनीतिबारे छलफल गरेको उनले बताए ।

शर्माले सन्चारकर्मीसित ‘भिडियो कन्फरेन्स’मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेकामा आपत्तिसमेत जनाए ।

केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने जनाइएको छ ।