कांग्रेसमा तिब्र असन्तुष्टि: जिल्ला सभापतिहरूले जनाए आपत्ति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कांग्रेसमा तिब्र असन्तुष्टि: जिल्ला सभापतिहरूले जनाए आपत्ति



काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको अन्तिम नामावली तत्काल सार्वजनिक गर्न माग गरेका छन् । केन्द्रीय सफ्टवेयरमा समाविष्ट गरिएका क्रियाशील सदस्यको नामावली तत्काल सार्वजनिक हुनपर्ने उनीहरूको माग छ ।

संस्थापनइतर जिल्ला सभापतिहरूले क्रियाशीलको नामावली हेर्न र त्रुटि सच्याउने न्युनतम अवसर पनि नदिइएकोमा आपत्ति जनाएका छन् ।

साथै १४ औं महाधिवेशन सुनिश्चित गर्न पनि उनीहरूको माग छ । कांग्रेसको ७५ वर्षे जीवनकालमा पार्टी महाधिवेशनको विषयलाई लिएर अहिलेजति कहिल्यै पनि हिनताबोध नभएको उनीहरूको भनाइ छ ।

केन्द्रीय समितिले घोषणा गरेको महाधिवेशन कार्यतालिका प्रभावित भएको पाँचौंपटक भइसकेको भन्दै उनीहरूले पार्टी संकटमा पर्न दिन नहुनेमा ध्यानाकर्षण गराएका छन् ।

कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुने तालिका छ । तर वडादेखि प्रदेश सभा र क्षेत्रीय अधिवेशनको कार्यतालिका प्रभावित भइसकेको हुनाले केन्द्रिय महाधिवेशनको पनि नयाँ कार्यतालिका बनाउनुपर्ने भएको छ ।

यसबारे छलफल गर्न केन्द्रीय समितिको बैठक साउन २८ गते २ बजे बस्ने गरी बोलाएको छ ।