मेचीनगरमा नेपाली कांग्रेस विजयी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मेचीनगरमा नेपाली कांग्रेस विजयी



झापा, २४ असार ।

मेचीनगर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका विमल आचार्य विजयी भएका छन् । शुक्रबार राति आएको अन्तिम परिणामानुसार उपप्रमुखमा भने नेकपा(एमाले)की मीना उप्रेती विजयी भएकी छिन् ।

प्रमुखमा विजयी आचार्यले २० हजार ७७६ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णु प्रसार्इँले १९ हजार ४२२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा विजयी उप्रेतीले १९ हजार ९४ र उनका निकतटम प्रतिद्वन्द्वी कांग्रेसकी दुर्गा खतिवडाले १९ हजार ७७ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।