चुनाव सकिएपछि उमेदवार घोषणा गर्ने काङ्ग्रेसको छाँट - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

चुनाव सकिएपछि उमेदवार घोषणा गर्ने काङ्ग्रेसको छाँट



काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि अरु दलले चुनाव प्रचारप्रसार तिब्र बनाइरहँदा नेपाली कांग्रेसले भने बैठक बस्ने बाहेक केहि गर्न सकेको छैन । उमेदवार टुंग्याउन बसेका कयौँ बैठक निष्कर्षविहीन हुनेगरेका छन् ।

मंगलबार बिहान १० बजेदेखि बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको १० घण्टा लामो बैठकले समेत निष्कर्ष निकाल्न नसक्दा निर्वाचन सकिँदा पनि उमेदवारको टुंगो लगाउन नसक्ने अवस्था देखिएको छ ।

सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै कतिपयले चुनाव सकिएपछी उम्मेदवार घोषणा गर्न अनुरोध समेत गरेका छन् ।

मनोनयन दर्ता हुनु दुई दिनअघिसम्म पनि उमेदवारको टुंगो लगाउन नसकेपछि नेता कार्यकर्ता रुष्ट बनेका छन् । अन्य क्षेत्रका उमेदवारको लगभग सकिए पनि कास्की २ मा समस्या भएको छ । कास्की २ मा १६ जना उमेदवारको नाम सिफारिस गरिएको थियो ।

दिनभरीमा उमेदवारको टुंगो नलागेपछि बैठकमा संस्थापन पक्षले उमेदवारको निर्णय गर्ने जिम्मा सभापति देउवालाई दिन प्रस्ताव गरेका थिए । तर, संस्थापन इतर समूहले भने त्यसमा असहमति जनाएको थियो ।

उपनिर्वाचनका लागि बिहीबार चुनावी प्रक्रिया सुरु हुनेछ ।

कांग्रेसले यसअघि एक विज्ञप्ति जारी गर्दै सरकाले प्रदेश प्रमुखको बर्खास्ती गरेर निर्वाचनलाई प्रभावित पार्न खोजेको आरोप लगाएको थियो ।