कांग्रेसले डाक्यो संसदीय दलको बैठक: अविश्वास प्रस्ताव पनि छलफलको विषय - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कांग्रेसले डाक्यो संसदीय दलको बैठक: अविश्वास प्रस्ताव पनि छलफलको विषय



काठमाडौँ- राजनीतिक घटनाक्रम तिब्र बिकशित भैरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी ओलीले आगामी सोमबार अर्थात २७ वैशाखमा संसदको विशेष अधिवेशनमा विश्वासको मत लिने तयारी गरेपछि कांग्रेसले त्यसमा छलफल गर्न बैठक बोलाएको जनाएको छ ।

आगामी वैशाख २५ गते शनिवार संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने गरी कांग्रेसले दलको बैठक बोलाएको हो । बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ ।

बैठकमा विश्वासको मत प्रधानमन्त्रीले लिने भन्दा अगाडी नै ओलीमाथी अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा पनि छलफल हुनसक्ने कांग्रेसका एक नेताले बताएका छन् ।