कांग्रेस–एमालेकै जमानत जफत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कांग्रेस–एमालेकै जमानत जफत



काठमाडौं, २६ असार ।

स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा एमाले पहिलो दल भयो । तर, १६ तह रहेको रुपन्देहीका चार तहमा एमालेले जमानतसमेत जोगाउन सकेन । सात तहमा भारी मतान्तरले विजयी भए पनि जिल्लाको दक्षिणी क्षेत्रमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकासहित तीन गाउँपालिकामा एमाले उम्मेद्वारको जमानत जफत भएको छ ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– निर्वाचनमा कुल खसेको मतको १० पैतिशत मत ल्याएमात्रै जमानत फिर्ता हुने व्यवस्था छ । ‘१० प्रतिशत नल्याउने सबै उम्मेद्वारको जमानत जफत भएको छ’, निर्वाचन कार्यालयका प्रमुख होमनाथ गौतमले भने ।

रुपन्देहीमा एमालेसँगै कांग्रेसले पनि जमानत जोगाउन सकेन । माओवादी केन्द्रले १२ वटा स्थानीय तहमा जमानत जोगाउन सकेन । सिद्धार्थनगर नगरपालिकामा जमानत जोगाएको माओवादी केन्द्रका उम्मेद्वारको अन्य नगरमा जमानत जफत भयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा कांग्रेस। एमाले, माओवादी केन्द्रले नै १० प्रतिशत मत ल्याउन सकेनन् । मधेसवादी दलमध्ये संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले मात्रै सांस्कृतिक नगरपालिकामा जमानत जोगाएका छन् । उक्त नगरपालिकामा स्वतन्त्र उम्मेद्वार मनमोहन चौधरी विजयी भएका थिए ।

जिल्लामा पाहिलो दल बनेको एमालेले मर्चवारी, सम्मरीमाई र कोटहीमाई गाउँपालिकामा साढे दुई सय मत पु¥याउनमसेत सकेन । एमालेबाट अध्यक्षको उम्मेद्वारले मर्चवारीमा १ सय ६९, सम्मरीमाई मा १ सय ७० र कोटहीमाईमा २ सय ३८ मत मात्रै पाएका छन् ।

कांग्रेस र माओवादी केन्द्रले भने यी गाउँपालिकामा जमानत जोगाएका छन् ।

रुपन्देहीमा माओवादी केन्द्र निकै कमजोर देखिएको छ । ओमसतिया गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरे पनि जिल्लाका सबै नगरमा माओवादी शून्य भएको छ । उसले बुटवल उपमहानगरपालिकाका ६ वटा वडामा एक सय मत समेत पु¥याउन सकेको छैन ।