कांग्रेसको वृहत आमसभा पणेनामा, कांग्रेसको जितलाई कसैले रोक्न सक्दैन - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

कांग्रेसको वृहत आमसभा पणेनामा, कांग्रेसको जितलाई कसैले रोक्न सक्दैन



घनश्याम पौडेल/पाणिनी, ९ मंसिर । चुनावको मिती नजिकिदै जादाँ नेपाली कांग्रेसले आमसभा, भेटघाट तथा घरदैलोलाई तिव्रता दिएको छ, शनिबार कांग्रेसका केन्द्रीय नेता, जिल्ला स्तरिय देखी स्थानिय नेता तथा जनताको उपस्थितमा पणेनामा आमसभा सम्पन्न भयो । कार्यक्रम लाई सम्बोधन गर्दै पुर्व मन्त्री तथा केन्द्रीय सदस्य मानबहादुर विकले कम्युनिष्टको गठबन्धनले कांग्रेस डराउँने नपर्ने बताए, यी कम्युनिष्ट गठबन्धन भएर कांग्रेस डराउँनु पर्दैन आजैबाट जित्छौ भनेर लाग्नुस पणेनाबासीलाई भने ।Image may contain: 12 people, people sitting

उनले कांग्रेसले अर्घाखाँचीमा बहुमत ल्याएर एक प्रतिनिधी सभा र दुई प्रदेश सभा जित्ने देखेर माओवादीका टोपबहादुर र एमालेका चेतनारायण र रामजी चुनाव लड्न डराएर एमालेले माओवादीको र माओवादीले एमालेको साहरा खोजेको बताए । अर्घाखाँचीको कांग्रेसको किल्लाको रुपमा रहेको पणेनामा स्थानिय तहमा भन्दा धेरै मत ल्याउँनका लागी सवै लाग्न आग्रह गर्दै कांग्रेसले जिल्लामा तिनै सिट जित्छ ढुक्क हुनुहोस ।

केन्द्रीय सदस्य पुष्पा भुसालले देश निर्माणको परिकल्पना नेपाली कांग्रेससंग भएकोले नेपाली कांग्रेस जस्तो सहिष्णु पार्टीले चुनाव जित्दा सबै नेपालीको जित हुने बताईन । कार्यक्रमलाई सम्बोधन गर्दै महिला नेतृ भुसालले अबको १० वर्षमा देशको मुहार परिवर्तन गरेर मुलुकलाई समृद्ध बनाउन सबै दललाई एकै स्थानमा ल्याउन सक्ने मध्यमार्गी पार्टी कांग्रेस भएकोले कांग्रेसलाई जिताउनु आवश्यक भएको बताईन ।
कांग्रेस नेता रेवती प्रसाद भुसाले जिल्लाको बिकासको लागि नेपाली कांग्रेस सधै अर्गपतिमा रहेको बताएका छन् ।

Image may contain: 10 people, people smiling, outdoor
नेपाली कांग्रेसका नेता तथा लोकतान्त्रिक गठबन्धनका उम्मेद्धार डाक्टर रामबहादुर विसीले प्रकृतिको अनुपम उपहार पाएको हाम्रो देश राजनीतिक अस्थिरताका कारण समृद्ध हुन नसकेको बताए । उनले अर्घाखाँचीको विकासका लागि कांग्रेस मात्र सक्षम रहेको बताए ।Image may contain: 6 people, outdoor

मानिसको स्वास्थ्य महृत्वपुर्ण भएकाले प्रत्येक वडामा औषधी देखी राम्रा स्वास्थ्य चौकी स्थापना गर्नमा ध्यान केन्द्रीत हुने बताउँदै सासंदबाट आउँने तलव क्यान्सर पिडितलाई खर्चिने बताउँदै निशुल्क उपचार गर्ने प्रतिवद्धता जनाए ।Image may contain: 10 people, people smiling, outdoor

प्रदेस सभा २ का उम्मेद्धार हिम्मत बहादुर टण्डनले अहिलेसम्म प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता र शान्ति प्रक्रियालाई संरक्षण र संस्थागत गर्दै मुलुकलाई आर्थिक संबृद्धि तर्फ लैजान काँग्रेसको जीत आवश्यक भएको बताए ।Image may contain: 3 people, people on stage, crowd and outdoor

उनले आम नागरिकको मन जित्न कांग्रेसले मात्र सक्ने भएकाले आफुलाई यसपालीमा धेरैै मत दिएर जिताउने बताए, उनले शिक्षा लाई प्राथमिकता दिदै गुणस्तरीय शिक्षाका लागी आफ्नो पहल रहने बताए ।Image may contain: 21 people, people smiling, people sitting

कार्यक्रममा केन्द्रीय सदस्य बालकृष्ण पाण्डे, पुर्व जिल्ला सभापती कमल भुसाल, कार्यवाहक सभापती शान्ता भण्डारी, महासमिती सदस्य यादव घिमिरे, क्षेत्रिय सभापती अच्युत गौतम, महाधिवेशन प्रतिनिधीहरु इन्द्रमणि पौडेल, कृष्ण खनाल, दिनेशमणि घिमिरे, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, महाधिवेशन प्रतिनिधी कपिल पोख्रेल लगाएतले मन्तव्य राख्दै कांग्रेसलाई जिताउँन लागी पर्ने बताए ।Image may contain: 5 people, people sitting, crowd and outdoor
कार्यक्रम कांग्रेस पणेना सभापती द्यातान्द पाखे्रेलको अध्यक्षता, तरुण दलका नेता अर्जुन पोख्रेलको सञ्चालन र यदुनाथ पोख्रेलको स्वागतमा सम्पन्न भएको हो । कांग्रेसले आजै पोखराथोकमा आमसभा गर्ने महाधिवेशन प्रतिनिधी इन्द्रमणि पौडेलले जानकारी दिए ।