मनाङमा नेपाली कांग्रेसले बाजी मार्‍यो - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

मनाङमा नेपाली कांग्रेसले बाजी मार्‍यो



मनाङमा नेपाली कांग्रेसले बाजी मारेको छ । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।

योसँगै नेपाली कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।

मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् ।

४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो ।