कांग्रेसले किन बोलायो संसदीय दलको आकस्मिक बैठक ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कांग्रेसले किन बोलायो संसदीय दलको आकस्मिक बैठक ?



काठमाडौं । सरकारले संविधान विपरित विधेयकहरू ल्याएर जनतालाई दमन गर्न खाेजेको आरोप लगाउँदै आएको नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेपाली कांग्रेसले बुधबार बैठक बोलाएको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै सरकारका कामकारबाही र विधेयकहरूका विषयमा छलफल हुनेछ ।

नेपाली कांग्रेसले लामो समयपछि संसदीय दलको बैठक बोलाएको छ । बैठकमा सरकारकै विषयमा छलफल केन्द्रित हुने जनाइएको छ ।

नेपाली कांग्रेसले दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान चलाइ रहेका बेला बाँकेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताहरूले आक्रमण गरेपछि संसद अबरुद्ध बनाउँदै आएको छ ।

संसदीय दलको बैठकमा यो विषयले पनि प्रमुखताका साथ छलफल र बहस पाउनेछ ।