कांग्रेसलाई आठ वटा मन्त्रालय - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कांग्रेसलाई आठ वटा मन्त्रालय



काठमाडौं । नेपाली कांग्रेसले आठ मन्त्रालयमा दाबी गरेको छ । सत्ता साझेदार दलहरुबीच कांग्रेसले आठ मन्त्रालयमा दाबी गरेको हो ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकमा सरकारमा सहभागिता र वैशाख १० को उपनिर्वाचनको विषयमा छलफल भएको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले गत पुस १० यताको राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गर्दै सत्ता साझेदार दलहरुबीच कांग्रेसले आठ मन्त्रालयमा दाबी गरेको जानकारी गराएका हुन् ।

खड्काले कांग्रेसले सात मन्त्रालय पाउने पक्काजस्तै भएको पनि जानकारी गराएका हुन् । सत्तारुढ दलहरु सात मन्त्रालय दिनका लागि तयार भएको तर कांग्रेसको दाबी आठ मन्त्रालयमा रहेको उनको भनाई थियो ।

बैठकमा रमेश लेखकले संसदीय गतिविधिको विषयमा बैठकमा ‘ब्रिफ’ गरेका थिए । वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो । जसको तयारीका लागि संसदीय बोर्डको बैठक बोलाउने तयारी भएको छ ।

उपनिर्वाचनमा उमेदवारको विषयमा छलफल गर्न सोमबार (१३ गते) संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने कांग्रेसको तयारी छ ।