रामचन्द्र पौडेलका दौतरी दलबलसहित एमालेमा प्रवेश - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

रामचन्द्र पौडेलका दौतरी दलबलसहित एमालेमा प्रवेश



काठमाडौ- नेपाली कांग्रेसका एकजना प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन् । बागलुङका पूर्वसचिब नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनी शनिबार दलबलसहित एमाले प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्माले बालकोटमा पौडललाई एमालेमा स्वागत गरे ।

पौडेलले मुलुकको विकास, समृद्धि र राष्ट्रियताको जगेर्ना एमालेबाट मात्रै सम्भव भएकोले एमालेमा प्रवेश गरेको बताए ।

उनले ४३ वर्ष कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको बताए । पञ्चायकालदेखि नै राजनीतिमा सक्रिय पौडल कुनै समय कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै जेल बसेका थिए ।

पौडेलसँगै हालै स्थानीय तहको चुनावमा गलकोटमा स्वतन्त्र उम्मेदवार बनेकी मञ्जु चालिसे पनि एमाले प्रवेश गरेकी छन् ।

उनीहरूसँगै नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका अध्यक्ष तिलक उप्रेतीलगायतका नेताहरू एमालेमा प्रवेश गरेका छन् ।