चार पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चार पालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन



लमजुङ । नेपाली कांग्रेस १४ औँ महाअधिवेशनअन्तर्गत जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ । शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मस्र्याङ्दीमा कृष्णबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा भिक्षा घले सभापति चयन भएका छन् ।

मस्र्याङ्दी, क्व्होलासोथर र दोर्दी गाउँपालिकामा सर्वसम्मत चयन भएका उनीहरु यसअघि पनि सभापति थिए भने दूधपोखरीका सभापतिमा चयन भएका गुरुङ जिल्ला कार्यसमिति सदस्य थिए ।

यहाँका चार नगरपालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ । बेँसीशहर, राइनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिकामा मतदान भएको हो । कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलका अनुसार मध्यनेपाल नेपालबाट वसन्तराज घिमिर सभापतिमा निर्वाचित भएका छन् । राइनासमा भने मतदान सकिन लाग्दा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगन गरिएको जनाइएको छ । रासस