प्रतिवद्धता बुझाउँदै मत माग्दै नेका उम्मेदवार - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रतिवद्धता बुझाउँदै मत माग्दै नेका उम्मेदवार



बुटवल, ८ मंसिर । आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसले रुपन्देहीको क्षेत्र नं. २ मा प्रचार प्रसारको कामलाई तिब्र रुपमा अंगाडी बढाएको छ । पार्टीका उम्मेदवारहरुले मतदातालाई भेट्ने तथा घरदैलो कार्यक्रमलाई तिब्र रुपमा अंगाडी बढाएको निर्वाचन प्रचार प्रसार मुल समितिका संयोजक महाधिवेशन प्रतिनीधि रामबहादुर कार्कीले जानकारी दिनुभयो ।

जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनीधि सभाका उम्मेदवार युवराज गिरी तथा प्रदेश सभा तर्फ १ का उम्मेदवार काजिमान श्रेष्ठ र २ का उम्मेदवार महेशमान सिंहले घरदैलो गर्ने र मतदाता भेटघाटका कार्यक्रमलाई तिब्र बनाउनु भएको हो ।

घरदैलो तथा मतदाता भेटघाटमा उम्मेदवारहरु पार्टीले ल्याएको घोषणा पत्र र आफूहरुले लिखित रुपमा गरेका प्रतिवद्धताहरु बुझाउँदै मत मागेका छन् ।

बिहिबार बुटवल उपमहानगरपालिका वडा नं. ७, तथा तिलोत्तमा नगरपालिका वडा नं. २ मा प्रतिनीधि सभा सदस्यका उम्मेदवार युवराज गिरी र प्रदेश सभा १ का उम्मेदवार काजिमान श्रेष्ठले घरदैलो तथा मतदाता भेटघाट गर्नुभएको छ भने प्रदेश सभा २ अन्तरगत उम्मेदवार महेमान सिंहले बुटवल उपमहानगरपालिका वडा नं. १२ मा घरदैलो गर्नुभएको निर्वाचन प्रचार समिति २ का संयोजक हरिबहादुर आचार्य क्षेत्रीले जानकारी गराउनु भयो ।