कांग्रेसको निष्कर्ष: पाँच दलको गठबन्धन गर्दा एमालेलाई झन धेरै फाईदा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कांग्रेसको निष्कर्ष: पाँच दलको गठबन्धन गर्दा एमालेलाई झन धेरै फाईदा



काठमाडौं- नेपाली कांग्रेसको बैठकमा गठवन्धनक कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई नै फाइदा हुने बताएका छन् ।

नेताहरुले सत्तारुढ दलबीच तालमेल गर्ने निर्णयको कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको भन्दै धेरै मत हुनेले थोरै मत हुने दललाई भोट नदिए परिणाम उल्टो आउने नेताहरूले बताएका छन् ।

कांग्रेसका शीर्ष तहका नेताहरुको बैठकमा केही नेताले परिणाम उल्टो आउन सक्ने बताएका थिए । तालमेल कांग्रेसका लागि निकै पेचिलो विषय भएको बताउँदै नेताहरूले यस्तो चेतावनी दिएका थिए ।

बैठकमा सहभागी एक नेताले भने, ‘गठबन्धन जोगाउनुपर्ने पनि छ । गठबन्धनको औचित्य पनि पुष्टि गर्नु छ । कांग्रेसका लागि तालमेलको बाटो निकै पेचिलो बनेको छ । ‘कांग्रेसको सांगठनिक अवस्था अनुसार मतको भारलाई ध्यान दिन सकेनौं भने गठबन्धनका उम्मेदवारलाई सोचे अनुसार मत नआउने प्रष्ट छ ।’

नेताहरुले तालमेल गर्दा पार्टीको मतको भारलाई ख्याल गर्न नेतृत्वलाई सुझाव दिएका थिए । देशभर कांग्रेसको मत धेरै र सत्ता गठबन्धनका अरु दलको मत कम रहेकाले तालमेलमा निकै अफ्ठ्यारो पर्ने नेताहरुको मत थियो ।

नेताहरूले तालमेल सकारात्मक रहेपनि सिट वाँडफाँट स्वाभाविक भएन भने त्यसले विपक्षलाई फाइदा पुग्ने सुझाव दिएका थिए ।

नेताहरुले मधेसमा पनि पहिले भन्दा अहिले कांग्रेसको अवस्था राम्रो रहेको बताएका थिए । नेताहरूले मधेशमा पनि धेरै सिट नछोड्न नेतृत्वलाई सुझाव दिएका छन् ।

अरुलाई धेरै सिट छोड्न थाल्यौं भने दीर्घकालीन रुपमा कांग्रेसलाई क्षति पुर्‍याउने भन्दै बैठकमा एक नेताले सचेत गराएका थिए।