कांग्रेसले जितेका २४ पालिकाको विवरण यस्तो छ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कांग्रेसले जितेका २४ पालिकाको विवरण यस्तो छ



स्थानीय तह निर्वाचनअन्तर्गत सोमबार बिहानसम्म नेपाली कांग्रेसले २४ वटा स्थानीय तहमा जित निकालेको छ। मनाङको नार्पाभूमिदेखि खाता खोलेको कांग्रेसले जितलाई निरन्तरता दिँदै आफूलाई पहिलो नम्बरमा उभ्याएको छ।

कांग्रेसले अहिलेसम्म २४ वटा स्थानीय तहमा जित निकालिसकेको छ। स्थानीय तहमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

१.मनाङको नार्पाभूमि
मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा १५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन्। उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन्।

२.मुस्ताङको घरपझोङ

मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहन सिंह लालचन ७ सय ६० मत ल्याई विजयी भएका छन्। उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी भइन्।
३. मनाङको नासोँ
मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ ८२० मत ल्याई निर्वाचित भएका छन्। उपाध्यक्षमा माओवादीका बेदबहादुर गुरुङ ९१३ मत प्राप्त गरी विजयी भए।

४.गुल्मीदरबार
गुल्मीको गुल्मीदरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार सरोज कुमार थापाले ६ हजार १६६ मत प्राप्त गरी विजयी भए।

५.रेसुङ्गा
गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसका नगरपालिका प्रमुखका उम्मेदवार खिलध्वज पन्थी ८ हजार ६ सय १४ मत ल्याएर विजयी भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे ७ हजार ३ सय २० मत ल्याए।

यसैगरी उपप्रमुखमा पनि नेपाली कांग्रेसकै अमृता देवी कुँवर ८ हजार ६ सय १९ मत ल्याएर विजयी भइन्।

६.गन्यापधुरा
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्

७. खार्पुनाथ गाउँपालिका
हुम्लाको खार्पुनाथ गाउँपालिका गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादीले जित हासिल गरेको हो।

अध्यक्षमा कांग्रेसका कर्ण बहादुर रावल र उपाध्यक्षमा माओवादीका ज्ञान बहादुर सिंह विजयी भए।

८. डोटीको बडीकेदार
डोटीको बडी केदार गाउँपालिकामा नेपाली कांग्रेसका कांग्रेसका भैरव बहादुर साउद २ हजार ३४३ मत ल्याई विजयी भएका छन्।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी डम्मरी कुमारी विष्ट २ हजार ४०७ मत ल्याएकी छन्।

९. बाग्लुङको तमान खोला
बाग्लुङको तमान खोला गाउँपालिकामा नेपाली कांग्रेसका जोकलाल बुढा २ हजार ७०७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा पनि कांग्रेसकै हिरा कुमारी छन्त्याल विजयी भएकी छन्।

१०. बाजुराको स्वामिकार्तिक
बाजुराको स्वामी कार्तिक गाउँपालिकामा नेपाली कांग्रेसका भरत बहादुर रोकायले २ हजार ११ मत प्राप्त गरी विजयी भएका छन्। उपाध्यक्षमा कांग्रेसकै मैना जोशीले १ हजार ८१० मत प्राप्त गरेकी छन्।

११.सोलुखुम्बुको लिखु पिके
लिखु पिके गाउँपालिकामा नेपाली कांग्रेसकी मिनादेवी कार्की विजयी भएकी छन्। उपाध्यक्षमा ङावाङ लाक्पा शेर्पा विजयी भएकी छन्।

१२. बैतडीको शिवनाथ
शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसका कर्णसिंह साउद विजयी भएका छन्। कुल खसेको मतमध्ये ३ हजार १६५ मत ल्याएर उनी दोस्रो कार्यकालका लागि फेरि गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हजारी साउदले २ हजार ८४९ मत पाएका छन्। शिवनाथमा गाउँपालिका उपाध्यक्षमा भने एमालेकी शकुन्तला साउद विजयी भएकी छन्।

उनले २ हजार ८१७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नरेन्द्र साउदले २ हजार ६७९ प्राप्त गरेका छन्।

शिवनाथमा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका थिए।

१३. तिङ्ला, सोलुखुम्बु
२०७४ को स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ‘नो भोट, नो क्यान्डिडेट’ अभियान चलाएको सोलुखुम्बुको तिङ्लामा यसपटक भने नेपाली कांग्रेस निर्वाचित भएको छ।

जिल्लाको सिफारिस विपरित स्थानीय तह बनाएको भन्दै उनीहरुले आन्दोलन गर्दै चुनाव पनि बहिस्कार गरेका थिए। उनीहरुको माग आफूहरुलाई सोलु दूधकुण्ड नगरपालिकामा राख्नु पर्ने माग थियो। तर सरकारले नेचा सल्यान गाउँपालिकामा मिसाएपछि उनीहरु त्यतिबेला असन्तुष्ट बनेका हुन्।

उनीहरुको माग सम्बोधन गर्दै सोलु दूधकुण्ड नगरपालिकामै राखिएपछि उनीहरु निर्वाचनमा सहभागी भएका हुन्।

सोलु दूधकुण्ड नगरपालिका ११ को वडाध्यक्षमा कांग्रेसका टंक कार्की निर्वाचित भएका छन्। ५८१ मत ल्याएर कार्की निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका मानबहादुर कटुवालले ५ सय १३ मत प्राप्त गरे।

१४. माछापुच्छ्रे
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मीनबहादुर गुरुङ विजयी हुने निश्चित भएको छ।

उनले नेकपा एमालेका विक्रम गुरुङलाई पराजित गरेका हुन्।

उपप्रमुखमा कांग्रेसकी सीता अधिकारी विजयी हुँदा एमालेकी सीता अधिकारीले उनलाई पच्छ्याइन्।

निर्वाचन अधिकृत नवराज दंगालका अनुसार वडा नम्बर ६ र ८ को प्यानलको मत गन्न बाँकी रहेको छ। अन्तिम परिणाम भने आइसकेको छैन।

१५. बागलुङ गलकोट
बागलुङको गलकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कुल खसेको मध्ये ५ हजार ४१४ मत ल्याएर कांग्रेस उम्मेदवार भरत शर्मा विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर काउचा घर्तीले ३ हजार ५१९ मत ल्याएका छन्।

गलकोटको उपप्रमुखमा नेकपा माओवादी केन्द्रका फमलाल निउरे ६ हजार ३९ मतसहित विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुपा विकले ३ हजार ५७ मत ल्याएकी छन्।

१६. दैलेखको भैरवी
नेपाली कांग्रेसले दैलेखको भैरवी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित निकालेको छ।

अध्यक्षमा रीता शाही र उपाध्यक्षमा देवी थापा विजयी भएका छन्।

अध्यक्षमा रीता शाहीले ३५५० मत ल्याइन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका सर्वराज महताराले ३४८४ मत पाए।

यस्तै उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारीले ३२५० मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी एमालेकी पदमकुमार विष्टले २९२६ मत ल्याइन्।

१७. लमजुङको दूधपोखरी
लमजुङको दूधपोखरी गाउँपालिकामा नेपाली कांग्रेसका धनप्रसाद गुरुङ विजयी भएका छन्।

माओवादी केन्द्रसँग तालमेल गरेपछि ३०६५ मत ल्याउँदै गुरुङ विजयी भएका हुन्।

उपाध्यक्षमा माओवादी केन्द्रका क्षेत्र बहादुर गुरुङ २५६८ मतसहित विजयी भए।

यहाँ पराजित एमालेका तेजबहादुर गुरुङले २ हजार २४ मत ल्याए। उपाध्यक्षमा पराजित एमालेकी कृष्ण गुरुङले १७७४ मत ल्याइन्।

१८. कुम्याक
पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बम प्रसाद लावती विजयी बनेका छन्।

अध्यक्षका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम सम्बाहम्फेलाई १५३ मतले हराउँदै लावती विजयी भएका हुन्।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका महेन्द्र खड्का विजयी भएका छन्। खड्काले निकटतम प्रतिद्वन्द्वी एमालेकी सीता आचार्यलाई २८ मतले पराजित गरे।

कुम्मायक गाउँपालिकालाई एमालेको गढ मानिन्थ्यो। स्थानीय तहको पहिलो निर्वाचनमा एमाले विजयी भएको थियो।

१९. सोताङ सोलु
सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ।

आइतबार सकिएको मतगणनामा कांग्रेसले पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो।

गाउँपालिका अध्यक्षमा खिलराज बस्नेत १६४८ मतका साथ निर्वाचित भए। एमालेका प्रकाश कार्कीले १५२० मत ल्याउँदा माओवादी केन्द्रका दीपक खड्काले १३५३ मत पाएका छन्।

गाउँपालिका अध्यक्षमा विजयी राई २०७४ मा एमालेका वीरबहादुर राईसँग पराजित भएका थिए ।

उपाध्यक्षमा कांग्रेसकै अन्जु नाछिरिङ राई १६६९ मतसहित विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मनसरि राईले १६३४ मत ल्याइन्।

२०. फेदाप तेह्रथुम
तेह्रथुमको फेदाप गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।

कांग्रेस उम्मेदवार केशव प्रसाद भेटवाल ४ हजार ४१ मतसहित विजयी भए। उपाध्यक्षमा गठवन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार सुनिता पाहिम ३ हजार ९ सय ८५ मतसहित विजयी भइन्।

२१. सभापोखरी
संखुवासभाको सभापोखरी गाउँपालिकामा कांग्रेस विजयी भएको छ।

गाउँपालिका अध्यक्ष पदमा कांग्रेस उम्मेदवार भीमबहादुर लिम्बुले ३००७ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी एमालेका रत्नबहादुर सुब्बाले २३०५ मत ल्याए।

उपाध्यक्षमा एकीकृत समाजवादीका लक्ष्मी चापागाईँले २४३९ मतसहित विजयी भइन्। उनकी प्रतिस्पर्धी एमालेकी सरिता बरालले २३७६ मत ल्याइन्।

२२. सल्यान कुमाख
सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेदवार मान बहादुर बुढाथोकी ४ हजार ५८ मत सहित अध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार ४ हजार १२ मत पाएका छन् । एमालेका लालबहादुर रावत उपाध्यक्षमा विजयी भएका छन्।

२४. अछामको ढकारी
अछामको ढकारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका प्रकाशबहादुर साउद विजयी भएका छन्।

उनी ३१८१ मतसहित निर्वाचित भए। त्यहाँ नेकपा एमालेका धर्मबहादुर शाहीले २५५५ मत ल्याए। यहाँ नेकपा एकीकृत समाजवादीका शेरबहादुर बुढाले एक हजार पाँचसय ९० मत ल्याए।

गाउँपालिका उपप्रमुखमा पनि कांग्रेसकै नेत्रकलादेवी शाही ३१०० मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी मायादेवी बुढाले २५७३ मत ल्याइन। एकीकृत समाजवादीकी देवकला चलाउनेले १५७८ मत ल्याइन्।

२५.अछामको कमलबजार
अछामको कमल बजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार यज्ञ ढकाल विजयी भएका हुन्।

यहाँको उपमेयरमा भने एमाले उम्मेदवार शारदा विष्ट विजयी भएकी छन्। यहाँका १० वडामध्ये ७ वडाअध्यक्षमा एमाले विजयी हुन सफल भएका