नेपालको मत माग्न चोक चोकमा रोबर्ट - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपालको मत माग्न चोक चोकमा रोबर्ट



पाल्पा, ९ मंसिर । पाल्पामा पहिलो पटक रोबर्टको माध्यमबाट मत माग्न थालिएको छ ।

नेपाली काँग्रेसले जिल्लामा पहिलो पटक रोबर्टको प्रयोगबाट मतदाता सँग मत माग्दै घर दैलो अभियानलाई तिव्रता दिएको छ । नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नम्वर २ प्रतिनिधि सभामा उम्मेदवारी बनेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरि प्रसाद नेपालको लागि तानसेनमा रोर्बटले मत माग्दै हिडेको पाईन्छ । रोर्बटलाई कार्यकर्ता सँगै मत माग्ने कार्यमा परिचालन गराए पछि त्यहाँका स्थानीयहरु आश्चार्य मान्दै उनको प्रचारप्रसारमा सहभागी भएका छन् ।

रोबर्टले प्रचार प्रसारका क्रममा आफ्नो अगाडी आएका मतदाताहरुलाई नमस्कार गर्दै म पाल्पा क्षेत्र नम्वर २ को नेपाली काँग्रसको प्रतिनिधि सभाको उम्मेदवार हरि प्रसाद नेपालको प्रतिनिधि हुँ , नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गरि हरि नेपाललाई विजयी भन्दै तानसेनमा मत माग्दै हिडेको छ ।

पुल्चोक इन्जिनियरिङ्ग कलेजमा अध्यनरत विद्यार्थीहरु शम्भु आचार्य, नविन क्षेत्री, आर्दश मल्ल , अनिल पाण्डे, र दिपक विष्टको समूहले नेपालमा पहिलो पटक रोर्बट निमार्ण गरि चुनाव प्रचार प्रसार अभियानमा सहयोग गरेका हुन् । आधुनीक समय सँगै आधुनीक प्रविधि रोबर्टले मत माग्दा उम्मेदवालाई समयको सदुपयोग हुने भएकाले यो प्रविधि प्रभावकारी हुने नेता कार्यकर्ताहरु बताउन्छन् ।

रोबर्टबाट भोट माग्ने क्रममा नेपाली काग्रेसका क्षेत्र नम्वर २ का प्रतिनिधि सभाका उम्मेदवार हरि प्रुसाद नेपालले बामगठबन्धनहरु संविधान खारेज गर्न तर्फ उन्मुख रहेको भन्दै लोकतन्त्रको रक्षा र संथागत को लागि नेपाली काँग्रेसलाई मत दिनुपर्ने बताए ।

उनले आफु जनताको सेवा गर्नका लागि राजनितिमा आएको भन्दै आफु चुनाव जिते पनि हारे पनि आफ्नो सिद्धान्त प्रति अडिक रहने बताए । त्यस्तै नेपाली काँग्रेसका समानुपाति उम्मेदवार तथा जिल्ला सभापति विर बहादुर राना, पूर्व केन्द्रीय सदस्य राजन प्रसाद पन्त , नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हिमाल दत्त श्रेष्ठ र प्रेस युनियनका जिल्ला सभापति भरत शार्म लगायतले बोल्दै मुलुकलाई विकास र निकास नेपाली काँग्रेसले मात्रै दिने भएकाले नेपाली काँगे्रसका उम्मेदवारहरुलाई विजय बनाउन सवैमा आग्रह गरेका छन् ।