देउबाबाहेक कोही प्रधानमन्त्री बन्दैनन्- महत - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

देउबाबाहेक कोही प्रधानमन्त्री बन्दैनन्- महत



काठमाडौँ- नेपाली कांग्रेसले एमालेले खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगसँग माग गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले खुलेआम प्रलोभन दिने, एनजिओको व्यापक दुरुपयोग गर्ने जस्ता आचारसंहिता विपरीतको काम एमालेले गरेको भन्दै कारबाही गर्न माग गरे । गठबन्धनका साना कमजोरीलाई देख्ने आयोगले एमालेको आचारसंहिता विपरीतको कामलाई देख्न नसकेको उनको भनाइ छ ।

प्रवक्ता महले कांग्रेसले संयमताका साथ आचारसंहितालाई पालना गरिरहेको दाबी गरे । महतले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सत्तारूढ गठबन्धनले जित्ने र कांग्रेसको नेतृत्वमा सरकार बन्ने जिकिर गरे । अहिलेको निर्वाचनमा १ सय ६५ सिटमा ९१ सिट कांग्रेसले र ७४ सिट गठबन्धनका अन्य दलले लडेकाले स्वाभाविक नेतृत्व कांग्रेसको रहेको उनको भनाइ छ ।

उनले निर्वाचनपछिको प्रधानमन्त्रीमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवा हुने स्वाभाविक रहेको भन्दै अन्यले प्रधानमन्त्रीको दाबी गर्नु प्रचार मात्रै भएको धारणा राखे ।

प्रवक्ता महतले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा समानुपातिक मत महत्वपूर्ण भएकाले सबै क्षेत्रमा कुनै दुविधा नगरी रुख चिह्नमा मतदान गर्न आह्वान समेत गरे ।