काङ्ग्रेस अब संविधान संशोधनको पक्षमा - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

काङ्ग्रेस अब संविधान संशोधनको पक्षमा



काठमाडौं- प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको माग गरेको छ ।

बिहीबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा सह–महामन्त्री प्रकाशशरण महतले पेश गरेको राजनीतिक प्रस्तावमा संविधान संशोधनको माग गरिएको हो ।

सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि सारेको संविधान संशोधनको एजेण्डालाई कांग्रेसले फेरि उठाएको हो ।

संविधान संशोधनको माग बिर्सिएर मधेश केन्द्रित दलहरुले दोहोरो चरित्र देखाएको कांग्रेसको ठहर छ । निर्वाचनको बेला संविधान संशोधनको कुरा उठाउने र सत्तामा गएपछि बिर्सने दोहोरो चरित्र मधेश केन्द्रित दलहरुले देखाएको कांग्रेसको आरोप छ ।

कांग्रेसले संघ, प्रदेश र स्थानीय तहमा भ्रष्टाचार बढेको निष्कर्ष निकालेको छ । संघीय सरकारले वाइडबडी, सुन, चिनी, मेलम्ची खानेपानी आयोजना र बालुवाटार जग्गा प्रकरणबारे छानबिन हुनुपर्ने माग गरेको छ ।

बैठकमा कांग्रेस नेताहरुले भ्रष्टाचार विरुद्ध संसद अवरुद्ध गर्नुपर्ने धारणा राखेका थिए ।