कांग्रेससँग तालमेलको हल्ला निराधार, माओवादीकै चिन्हमा चुनाब लड्ने : ३३ मोर्चा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कांग्रेससँग तालमेलको हल्ला निराधार, माओवादीकै चिन्हमा चुनाब लड्ने : ३३ मोर्चा



काठमाडौं, असोज २२ ।

आफूहरु र नेपाली कांग्रेसबीच चुनाबी तालमेल गर्ने सहमति भयो भनी विभिन्न सञ्चारमाध्यममा आएको  समाचारप्रति ३३ दलीय मोर्चाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

३३ दलीय मोर्चाका संयोजक युवराज सफलद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ , ‘ परिवर्तन विरोधी र पश्चगाी शक्तिहरुले ३३ दलीय मोर्चाको बदनाम गराउन कांग्रेससँग समझौता भएको भ्रम फैलाएको उल्लेख गरिएको छ ।’

विज्ञप्तीमा भनिएको छ, ‘ ३३ दलीइ मोर्चाले असोज १८ गते नै आगामी निर्वाचनमा नेकपा माओवादीको चिन्हमा चुनाब लड्ने र वाम एकता प्रक्रियामा जाने निर्णय गरी सकेको सबैमा अवगतै छ ।’

प्रतिगामी, परिवर्तन विरोधी र थास्थिति वादीहरुले चलाएको हल्लाको वपछि नलागी माओवाद्यी कैन्दैसँग भएको चुनाबी तालमेल र वाम एकताका पक्षमा दृढ रहन ३३ दलीइ मोर्चाले सबैलाई विषेश अपिल गरेको छ ।