कांग्रेस उम्मेदवारको गाडीलाई लक्षीत गरी बम विष्फोट - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कांग्रेस उम्मेदवारको गाडीलाई लक्षीत गरी बम विष्फोट



दाङ । दाङमा प्रदेशसभा सदस्यका उम्मेदवार भरतबहादुर न्यौपाने चढेको गाडीलाई लक्षीत गरी बम विष्फोट भएको छ ।

सोमबार दिउँसो करिब सवा ४ बजेको समयमा क्षेत्र नम्बर २ का उम्मेदवार भरतबहादुर न्यौपाने चढेको गाडीलाई लक्षीत गरि बम प्रहार भएको हो ।

तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटबाट सदरमुकाम फर्कने क्रममा न्यौपाने चढेको गाडीलाई लक्षीत गरी बम प्रहार भएको न्यौपानेको छोरा प्रचण्डदेव न्यौपानेले जानकारी दिए ।

गाडी भन्दा केही दुरी अगाडी बम विष्फोट भएको थियो । बम प्रहारबाट कुनै क्षति भने नभएको बताईएको छ । न्यौपाने कांग्रेसतर्फबाट दाङ निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा २ का उम्मेदवार हुन् ।