काँग्रेसका उम्मेदवारले बचाए सुत्केरीको ज्यान - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

काँग्रेसका उम्मेदवारले बचाए सुत्केरीको ज्यान



रुकुम, ७ मंसिर

सुत्केरी बेथाले घरमै ग्रस्त पश्चिमकी एक महिलाको ज्यान नेपाली काँग्रेसका उम्मेदवारले बचाएका छन् । काँग्रेस रुकुम पश्चिममा प्रदेश सभा ‘ख’ का उम्मेदवार खड्कबहादुर डाँगीले त्रिवेणी गाउँपालिका–४ की मीना केसीको ज्यान बचाउनुभएको हो ।

आर्थिक अवस्था कमजोर भएका कारण घरमै सुत्केरी बेथा शुरु भए पनि उनलाई स्वाथ्य चौकी पुर्‍याउन समस्या भएको थियो । उम्मेदवार डाँगी चुनावी प्रचारको सिलसिलामा त्यहाँ पुग्दा छटपटाइरहेको देखेपछि आफ्नै गाडीमार्फत केसीलाई उपचार गर्न जिल्ला अस्पताल सल्लेमा पुर्‍याएका थिए ।

नाजुक बन्दै गएको मीनाको स्वास्थ्य अवस्था अस्पताल पुगेपछि अहिले सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । मत माग्नका लागि भन्दा पनि मानवीय सेवाका लागि आफूले मीनालाई आफ्नै खर्चमा अस्पतालसम्म पुर्‍याएको उम्मेदवार डाँगीले बताउनुभयो । (रासस)