काँग्रेसका युवा नेता थापा पुन:स्याङ्जा क्षेत्र नं १ बाट चुनाव लड्ने । - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

काँग्रेसका युवा नेता थापा पुन:स्याङ्जा क्षेत्र नं १ बाट चुनाव लड्ने ।



विश्वास पुरी, स्याङ्जा।

नेपाली काँग्रेसका युवा नेता तथा दोस्रो संविधान सभाको चुनावमा स्याङ्जा क्षेत्र नं १ बाट अत्याधिक मतले निर्वाचित सांसद राजु थापा आगामी केन्द्रीय सभाको लागि पनि चुनाव लड्ने तयारीका साथ लागेका छन् ।

प्राय जिल्ला र गाउँ गाउँमा गएर विकास निर्माण र जनताको दुखसुखमा साथ दिने थापा जनतामाझ निकै लोकप्रिय मानिन्छन । थापा बाहेक अन्य उमेदवारले चुनाव जित्ने स्थिति नरहेको फदिखोला गाँउपालिकाका सभापति महेन्द्र थापाले बताएका छन् ।

जनताको दुखसुख र विकास निर्माणमा मरिमेटी लाग्ने थापा यतिखेर जिल्लाको विभिन्न कार्यक्रममा व्यस्त छन् । क्षेत्रबाट सोमबार थापाको उमेदवारको नामावली एक नंम्बरमा सिफारिस गर्ने तयारी क्षेत्रीय कार्यसमितिले गरेको छ ।