कोरोनाको आशंकामा घोडाघोडीका एक युवक आइसोलेसन भर्ना - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कोरोनाको आशंकामा घोडाघोडीका एक युवक आइसोलेसन भर्ना



कैलाली । घोडाघोडी नगरपालिका- ९ का २५ बर्षिय युवकलाई कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ । उच्च ज्वरो र खोकि रहेको उनलाई कोरोनाको आशंकामा आइसोलेसन कक्षमा भर्ना गरि उपचार भईरहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

चैत्र ७ गते भारतको मुम्बईबाट घर पुगेका उनलाई
उच्च ज्वरो र खोकि रहेको हुँदा कोरोनाको आशंकामा थप परिक्षणको लागी धनगढी पठाइएको घोडाघोडी नगरपालिकाका स्वास्थ शाखा संयोजक कैलाश कुमार रावतले हिमाल पोस्टलाई बताए । रावतले उनी ७ गते घर आएपनी पुनः ९ गते कैलालीको नुगाली ससुराली रहेको हुँदा उतै गएको र त्यहीँ त्यस्तो लक्षण देखापरेपछी नगरपालिकाको समन्वयमा धनगढी ल्याइएको बताए ।

अस्पताल भर्ना भएका युवकको स्वाब संकलन गरिएको र शनिबार रिर्पोट आउने अस्पतालले जानकारी दिएको छ ।