कोरोना सङ्क्रमण: मदिरा सेवन गर्दा झनै खतरा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोरोना सङ्क्रमण: मदिरा सेवन गर्दा झनै खतरा



काठमाडौं- कोरोना भाइरस बिश्वब्यापी फैलिरहेको छ । यो भाइरस फैलिएकै बेला कैयौँ अफवाहहरू पनि फैलाउने काम भैरहेको छ ।

कोरोना भाइरसको संक्रमणबारे हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । संसारभर फैलिरहेको कोरोना नेपालमा फैलिदैन भन्ने हुँदैन ।

कोरोना भाइरस नेपालमा आइसकेको छैन तर यसबारेका भ्रमहरू भने फैलिन थालिसकेका छन् । ती भ्रमहरूलाई चिर्न डा. रवीन्द्र पाण्डेले यसबारेका केही भ्रम र यथार्थहरू उल्लेख गरेका छन् ।

ती भ्रम र यथार्थहरूलाई यहाँ उल्लेख गरिएको छ

१. अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने भनाई पूर्णतया गलत हो । अल्कोहल कन्टेन्ट ह्याण्ड वास भनेको रक्सीले हात धुने हैन । स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो । कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ ।

२. कोरोना भाइरस घरपालुवा जनावरबाट सर्दैन ।

३. कोरोना भाइरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन । बढीमा ३ मिटरको दूरीमा रहेको कोरोना संक्रमण बिरामीले खोकेमा, हाछ्यु गरेमा ड्रपलेटबाट सर्न सक्छ । बिरामीका सामान तथा बिरामीले छोएको ठाउँबाट पनि सर्न कोरोना सर्न सक्छ ।

४. कोरोना सर्दैमा मृत्यु हुँदैन । धेरै जनालाई त कोरोना सरेर आफैँ निको भएको पनि हुन्छ । १०० जनालाई कोरोना संक्रमण भएमा १–२ जनाको मात्र मृत्यु हुन्छ ।

५. कोरोना संक्रमणले बुढाबुढी र अन्य दीर्घ रोगी सबैको मृत्यु हुने हैन । यो जोखिम समूहले विशेष ख्याल गर्नुपर्छ । जुनसुकै उमेरको व्यक्तिलाई पनि जोखिम हुनसक्छ ।

६. मास्कले कोरोना संक्रमण रोक्न सक्दैन । सिधै सर्नबाट केही बचाउने काम भने गर्दछ ।

७. चिनियाँँसँग भेट्दैमा, चिनियाँ सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा कोरोना संक्रमण सर्दैन ।

८. बोर्डर सिल गर्दैमा कोरोना संक्रमण सर्दैन भन्ने ग्यारेन्टी हुँदैन ।

९. कोरोना बियर वा कोरोना व्हिस्की खाएर कोरोना संक्रमण निको हुँदैन । त्यो केबल नाम मात्र मिलेको हो, कोरोना स्कुल जस्तै ।

१०. एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्न सक्दैन । यसको लागि प्राभावकारी एन्टी भाइरल औषधीको आवश्यकता हुन्छ ।

११. कोरोना भाइरस ल्याबमा विकास गरेको हैन ।

१२. बाफले हात सुकाएर कोरोना भाइरस मर्दैन ।

१३. शरीरभरि अल्कोहल, क्लोरिन जस्ता केमिकल छार्दैमा कोरोना नसर्ने भन्ने हुँदैन ।

१४. विश्व बजारमा आएको मिराकल मिनरल वाटर पिएर कोरोनाबाट बाँचिन्छ भन्ने भ्रम मात्र हो ।

१५. लसुन खाँदैमा कोरोना नसर्ने भन्ने हुँदैन ।

लेखक:- रवीन्द्र पाण्डे
जनस्वास्थ्य विज्ञ