संक्रमित भेटिएपछि काठमाडौंको बागबजारमा त्रास - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

संक्रमित भेटिएपछि काठमाडौंको बागबजारमा त्रास



काठमाडौं- पछिल्लो पटक भेटिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र पांच जना थपिएका छन् भने पाँच संक्रमितमध्ये एक जना बागबजार बस्ने व्यक्ति भएको खुलेको छ । बागबजारकै एक प्रेसमा काम गर्ने गरेको र पछिल्लो समय भैरहवाबाट फर्किएको बुझिएको छ ।

प्रेसमा काम गर्ने ति पुरुषको बसोबास पनि बागबजारमा नै रहेको खुलेको हो । उनी बसोबास गर्ने क्षेत्रलाई स्थानीय प्रशासनले सिल गर्ने तयारी गरेको छ ।

उनी केहिदिन अगाडी भैरहवाबाट फर्केपछि उनलाई छिमेकीहरूले जांच गर्न दवाव दिएको खुलेको छ । हार्दिक होटलको नजिकै बसोबास गर्ने उनलाई त्यहाँका स्थानीयले भैरहवाबाट फर्किएलगत्तै उनलाई यस्तो दबाब दिएको बुझिएको छ ।

नेपालमा हालसम्म ४ सय २ जना संक्रमित पुष्टि भएका छन् । ति मध्ये २ जनाको ज्यान गएको छ भने ३७ जना निको भएर घर फर्केका छन् ।