कोरोनाकै कारण बेलायतमा सात नेपालीको ज्यान गयो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कोरोनाकै कारण बेलायतमा सात नेपालीको ज्यान गयो



काठमाडौं- बेलायतमा कोरोना सङ्क्रमणकै कारण सात जना नेपालीको ज्यान गएको छ ।

पछिल्लो दुई दिनमा कोरोना भाइरसको संक्रमणबाट पाँच जना नेपालीको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या सात पुगेको हो ।

बुधबार तीनजना तथा बिहीबार दुईजना नेपालीको मृत्यु भएको हो । बुधबार मृत्यु हुनेमा भूपू गोर्खा सैनिक ५९ वर्षीय चेतप्रसाद गुरुङ, शिव श्रेष्ठ र मेघबहादुर गुरुङ रहेका छन् ।

त्यस्तै केदार पन्त र अर्का एक जना नाम नखुलाइएका नेपालीको पनि कोरोना भाइरसका कारण बिहीबार मृत्यु भएको छ ।

तीन साताअघि लन्डनको ह्यारोमा बसोबास गर्दै आइरहेका ६५ वर्षीय भूपू गोर्खा सैनिक लिलाबहादुर राई र त्यसको एक सातापछि दक्षिणी लन्डनमा बसोबास गर्ने ४० वर्षीय प्रशान्त अर्यालले ज्यान गुमाएका थिए।

बेलायतमा हाल एक लाखभन्दा बढी नेपालीको बसोबास रहेको छ । कोरोना सङ्क्रमणको कारण धेरै नेपाली प्रभावित भएको जनाइएको छ।