कोरोनासँग लड्न रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोरोनासँग लड्न रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?



  • डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

१. चुरोट \ सुर्ती नखाने ।
२. फलफुल र सागसब्जी धेरै खाने ।
३. नियमित ब्यायाम गर्ने ।
४. वजन सन्तुलित राख्ने ।
५. रक्सी नखाने ।
६. पर्याप्त सुत्ने ।
७. संक्रमण हटाउने जीवनशैली अपनाउने जस्तै – हात धोइरहने, पुरै नपाकेको मासु नखाने
८. तनाब नलिने ।
९. भिटामिन सि, बि ६ र भिटामिन इ प्रशस्त खाने ।
१०. फ्लु खोप लिने ।
११. प्रशस्त पानी पिउने ।
१२. सक्रिय हुने ।
१३. लसुन, अमला, मह, अदुवा, बेसार, ग्रीन टि, दही, डल्ले खुर्सानी, कागती, पालुंगो, ब्रोकाउली बदाम आदि खाने ।
१४. कुपोषण भएकाले नियमित मल्टीभिटामिन खाने ।
१५. सरसफाइमा ध्यान दिने ।
१६. सोडा, बट्टाको खाना, धेरै गुलियो खाना तथा पेय पदार्थ, अल्कोहल आदि नखाने ।
१७. घाम ताप्ने ।
१८. योग, ध्यान गर्ने ।
१९. स्याउ, गाजर, सुन्तला, गोलभेंडा, चुकन्दर, स्ट्रबेरी, आँप, वाटर मेलोन, किवी आदि खाने ।
२०. भान्सामा अर्गानिक मरमसलाको अधिक प्रयोग गर्ने ।

निम्न लिखित बिरामीलाई जोखिमयुक्त मानिन्छ ।

एचआइभी/एड्स, क्यान्सर, अंग प्रत्यारोपण गरेका बिरामी जसले रोगप्रतिरोध क्षमता घटाउने कडा औषधि सेवन गरेको छ, बारम्बार निमोनिया, ब्रोंकाइटइटिस, पिनास, कानको संक्रमण, मेनिन्जाइटिस, प्लेट्लेट्स र हेमोग्लोबिन थोरै भएका व्यक्ति, मुटुको मांशपेशी सुन्निएका, टाइप १ मधुमेह, बाथ, लुपस, कलेजो र मृगौलाको संक्रमण, भिटामिन डी को कमी, दम, कुपोषण, भाइरल हेपाटाइटिस आदि ।

यी स्वास्थ्य समस्या भएका व्यक्तिले रोगबाट बच्न माथि उल्लेखित साबधानी अपनाउन जरुरि छ । यसको साथै संक्रामक रोग लागेका बिरामीसंग नजिक बस्नु हुँदैन ।