अब एक महिनामा कोरोना महामारी सकिने विज्ञको यस्तो छ दाबी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अब एक महिनामा कोरोना महामारी सकिने विज्ञको यस्तो छ दाबी



काठमाडौं- चीनका प्रमुख स्वास्थ्य सल्लाहकार डा झोङ नानाशानले अप्रिल महिनाको अन्त्यसम्ममा कोरोनाभाइरस महाव्याधिको टर्निङ पोइन्ट आउने दाबी गरेका छन् ।

यी ८३ वर्षीय संक्रामक रोग विशेषज्ञले चीनमा शक्तिशाली निगरानी प्रणाली भएका कारण संक्रमणको दोस्रो लहर नदेखिने पनि भविष्यवाणी गरेका छन् ।

डा झोङले शेनजेन टेलिभिजनमा बुधवार अन्तर्वार्ता दिने क्रममा यो कुरा बताएका हुन् ।

उनले भने, ‘कोरोनाभाइरस उच्च संक्रामक छ र यसको मृत्युदर पनि उच्च छ । यसलाई रोक्न दुईवटा विधि छन् । पहिलो, संक्रमण दरलाई न्यून स्तरमा पुर्‍याउने र फैलिनबाट रोक्ने । दोस्रो, संक्रमण रोक्ने र रोगीहरूको संख्या घटाउनका लागि उपचार गर्ने । विभिन्न मुलुकले कडा उपाय अपनाइरहेकाले अप्रिलको अन्त्यसम्म पुष्टि भएका नयाँ केसहरूमा कमी आउने मेरो अनुमान छ ।’

डा झोङले देशमा नयाँ संक्रमणको खतरा रहेको भन्ने दाबीलाई खारेज गरे । लक्षण नदेखिएका मौन वाहकहरूले संक्रमण सार्ने भनी चेतावनी दिइएकोमा उनले त्यसलाई खारेज गरेका हुन् ।

लक्षण नदेखिएका केसमा उच्च संक्रमण दर हुने कुनै प्रमाण फेला नपरेको उनले बताए ।