कर्णाली बन्दैछ कोरोनाको सबैभन्दा जोखिम क्षेत्र - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कर्णाली बन्दैछ कोरोनाको सबैभन्दा जोखिम क्षेत्र



वीरेन्द्रनगर- कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या १९८ पुगेको छ ।

सोमबार प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेख, सल्यान र सुर्खेतका ३१ जनामा संक्रमण देखिएको हो । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिको परीक्षणमा जुम्ला र दैलेखका ४२ जनामा संक्रमण देखिएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ संक्रमितहरु दैलेखका ४१, जुम्लामा १९, सल्यानका १० र सुर्खेतका ५ जना रहेका छन् । यसअघि मन्त्रालयले आइतबारसम्म १ सय २३ जनामा संक्रमण पुष्टि गरेको थियो ।

सोमबार संक्रमण पुष्टि भएकामध्ये दुईजना जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी छन् । भारतबाट आएका र क्वारेन्टाइनमा बसिरहेकालाई मात्र कोरोना संक्रमण देखिएकोमा पहिलोपटक क्वारेन्टाइनबाहिर प्रहरीलाई संक्रमण देखिएको हो ।