सुदूरपश्चिम बन्यो कोरोना मुक्त , पाँचैजना संक्रमित निको भएर घर फर्किए - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सुदूरपश्चिम बन्यो कोरोना मुक्त , पाँचैजना संक्रमित निको भएर घर फर्किए



कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत पाँचैजना कोरोना संक्रमित निको भएर घर फर्किएसंगै सुदूरपश्चिम प्रदेश कोरोना मुक्त भएको छ । धनगढीमा उपचार गराईरहेकी कोरोना संक्रमित धनगढी उपमहानगरपालिका– ५ हसनपुरकी ३४ वर्षीया दीपा शाही आज सञ्चो भएर घर फर्केसंगै सुदूर पश्चिम कोरोना मुक्त प्रदेश भएको हो ।

शाही उपचारपछि निको भएर सेतीबाट घर फर्कने पाँचौँ संक्रमित हुन् । कोरोनासंगको ३४ दिन लामो संघर्षपछि उनले जीत हात पारेकी हुन् । उनिसंगै दुई महिला र तीन पुरुष सेती प्रादेशिक अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लाेपटक लगातार दुईवटा थ्रोट स्वाबको नमुना जाँचमा रिपोर्ट नेगेटिभ आएपछि शाहीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

शाहीलाई गत २२ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि उनमा लगातार ६ पटकसम्म गरिएको नमुना जाँचमा रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदीशप्रसाद जोशीले जानकारी दिए ।