कोरोनाकै कारण नाकाबन्दी हुनसक्छ: सरकारले कानमा तेल हाल्दै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कोरोनाकै कारण नाकाबन्दी हुनसक्छ: सरकारले कानमा तेल हाल्दै



काठमाण्डाै– चीनको वुहानबाट सुरू भएको कोरोना भाइरस हालसम्म १ सय सात देशमा फैलिएको छ । संसारभर ३ हजार ६ सय भर्दा बढी मानिसको मृत्यु भैसकेको छ ।

नेपालका दुई छिमेकी मुलुकमै कोरोना सङ्क्रमण भैरहेको बेला नेपालमा भने नाकाबन्दी हुने आशंका गर्न थालिएको छ ।

चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको र उत्पादनमा प्रभावित भैरहेको भन्दै नाकाबन्दी हुने विश्लेषण गर्न थालिएको हो ।

अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण नदेखिए पनि सङ्क्रमण हुनसक्ने प्रवल सम्भावना भएकाले पनि यस्तो विश्लेषण गर्न थालिएको छ ।

स्वास्थ्य देखि अत्यावश्यक सामाग्रीहरुमा केहि प्रभाव देखिएको छ भने अन्य सेवा तथा सामाग्रीमा पनि तत्काल असर पर्ने देखिएको छ ।

नेपालमा केहि व्यक्तिमा मात्रै कोरोनाको सङ्क्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त भैरहेको छ ।

भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायी थियो । केहि व्यक्तिमा मात्र कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यो भन्दा ठूलो पीडा हुनसक्ने विज्ञहरू बताउने गरेका छन् ।

नेपालको छिमेकी भारतमा पनि कोरोनाका सङ्क्रमितहरू बढिरहेका छन् भने चीन यसको उद्गमस्थल नै हो । नेपाल भारत र नेपाल चीनमा पनि खुला सिमानाका कारण पनि थप सम्वेदनशील अवस्था छ ।

केहि व्यक्तिमा मात्र कोरोना सङ्क्रमण हुने अवस्था आयो भने भारत र चीनले सवारी आवागमन र सीमा नाकामा प्रवेश निषेध गर्नसक्ने सम्भावना छ त्यसैले पनि यस्तो आशंका गर्न थालिएको छ ।

यस्तो अवस्थामा पनि सरकार बोलीमा मात्र सिमित छ भविष्यमा देखिएको सङ्कट समाधानक लागि कुनै ठोस कदम भने चालिएको छैन ।

अत्यावश्यक सामाग्रिहरूको बजारमा कृतिम अभाव बनाइएको छ । यसैमाथि नाकाबन्दी नै हुनेहो भने पहिलेको भन्दा ठुलो सङ्कटको अवस्था आउन सक्छ ।