सुदूरपश्चिमका चौथो काेराेना संक्रमित पनि कोरोना जितेर घर फर्किन् - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सुदूरपश्चिमका चौथो काेराेना संक्रमित पनि कोरोना जितेर घर फर्किन्



कैलाली । सुदूरपश्चिममा चौथो कोरोना संक्रमित महिला पनि कोरोनालाई जितेर घर फर्किएकी छिन् । कैलालीको लम्की चुहा नगरपालिका-१ भुरुवा कि ६० बर्षिया महिला आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

उनको लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाईनमा बसेकी उनलाई चैत २२ गते कोरोना पुष्टि भएको थियो । यो संगै सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन् ।