कोरोनाबारे नयाँ तथ्य: चीनले बैंकको पैसा पनि जलाउने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कोरोनाबारे नयाँ तथ्य: चीनले बैंकको पैसा पनि जलाउने



एजेन्सी- कोरोना भाइरसले चीनमा २५ सयभन्दा धेरैको ज्यान लिइसकेको छ। अरू देशमा फैलिने क्रम पनि रोकिएको छैन। यसैबीच, विभिन्न तहमा यो भाइरस कति लामो समयसम्म जीवित रहन्छ भन्ने चासो बढ्दै गएको छ।

सिएनएनले जनाए अनुसार चीनको केन्द्रीय बैंकले नगदको ठूलो राशी नै जलाउने निर्णय गरेको छ। दिनमा एउटै पैसा धेरैको हात पर्ने भएकाले संक्रमणको सम्भावना कम गर्न यस्तो गर्न लागिएको सीएनएनले जनाएको छ।

कोरोना भाइरस सामान्यतया पशुमा पाइन्छ। यिनीहरू पशुबाट व्यक्तिमा सर्न सक्छन्। युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसि) ले जनाए अनुसार हाँछ्यु गर्दा वा खोक्दा कोरोना भाइरस सर्ने सम्भावना बढी हुन्छ। तर सतहमा बाँच्ने सम्भावना निकै न्यून हुन्छ।

सिडिसीको वेबसाइटमा भनिएको छ: “भाइरसको भएको सतह वा वस्तु छोएर मुख, नाक वा आँखा छुँदा व्यक्तिलाई कोभिड १९ सर्नसक्छ तर यही नै भाइरस सर्ने मुख्य कारण नभएको बुझाइ छ।”

सिडिसीले जनाए अनुसार फ्लुका भाइरस सतह विशेषमा करिब ४८ घण्टासम्म बाँच्न सक्छन्। त्यस्ता सतहलाई संक्रमणमुक्त नगरिए व्यक्ति पनि संक्रमित सम्भावना हुन्छ। अर्कोतिर जर्नल अफ हस्पिटल इन्फेक्सनमा प्रकाशित अनुसन्धान प्रतिवेदन अनुसार सार्स र मर्सजस्ता मानवीय कोरोना भाइरस पशुबाहर सतहमा नौ दिनको अवधिसम्म बाँच्न सक्छन्।

सीएनएनले उद्धृत गरेको अनुसन्धान अनुसार ६२ देखि ७१ प्रतिशत इथानोल, ०.५ प्रतिशत हाइड्रोजन पेरोक्साइड, वा ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइट वा ब्लीच भएको “डिस्इन्फेक्टेन्ट”ले सतह सफा गरे एक मिनेटभित्र मानवीय कोरोना भाइरस निष्क्रिय गर्दछ। कोरोना भाइरसबारे २२ वटा अघिल्ला अध्ययनको विश्लेषणबाट उक्त अनुसन्धानको निष्कर्ष निकालेको हो।

क्यालिफोर्निया विश्वविद्यालयका संक्रामक रोगका प्राध्यापक डा. चार्ल्स चिउलाई उद्धृत गर्दै लेखेको छ, “हाल उपलब्ध तथ्याङ्क अनुसार सार्स कोरोना भाइरससम्बन्धी डाटा मेरा लागि विश्वसनीय छ। यो नोभेल कोरोना भाइरसको एकदमै निकट छ। परीक्षण गरिएका कोरोना भाइरसमध्ये यिनीहरूबीच ८० प्रतिशत सिक्वेन्स उस्तै छ। सार्स कोरोना भाइरस सतहमा पाँच मिनेटभन्दा कम समयदेखि नौ दिनसम्म बाँच्ने देखिएको छ।”

“तर यही निष्कर्ष नोभेल कोरोना भाइरसको सवालमा लागु हुन कठिन छ। नोभेल कोरोना भाइरससम्बन्धी तथ्याङ्कको अभाव पनि छ। अघिल्ला अनुसन्धान विविध वातावरणमा गरिएका थिए,” उनले भने।

नोभेल कोरोना भाइरस सतहमा कतिसम्म बाँच्न सक्छ भन्ने पत्ता लगाउन थप अनुसन्धानको आश्यकता रहेको उनको निष्कर्ष छ।