उपचाररत दुई बिरामीको दोस्रो रिपोर्ट पनि कोरोना 'पोजेटिभ' - Himal Post Himal Post
  • ३ बैशाख २०८१, सोमबार
  •      Mon Apr 15 2024
Logo

उपचाररत दुई बिरामीको दोस्रो रिपोर्ट पनि कोरोना ‘पोजेटिभ’



काठमाडौं- उपचाररत दुई जना बिरामीको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरईरेका छन् ।

दोस्रो रिपोर्ट पनि पोजेटिभ आएपछि उनीहरुको अस्पताल बसाइ लम्बिएको छ ।

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो । तर बुधबार रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका एक चिकित्सकले बताए ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र ६ चैतमा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकको चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।