कैलालीका १९ वर्षिय युवकको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कैलालीका १९ वर्षिय युवकको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ



विशाल पाण्डेय / कैलाली ।

कैलालीको बर्दगोरीया गाउपालिका -३ रानिकुण्डाका १९ वर्षिय युवकमा कोरोना पोजेटिभ देखिएको छ । मंगलबार र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) किटबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

चैत १० गते भारतको पुनाबाट आएर घरमै बसिरहेका उक्त युवकमा कोरोना पोजेटीभ देखिएको हो । उनलाई थप परिक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको पालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण देव जोशीले जानकारी दिए । भारत तथा तेस्रो मुलुकबाट आएका मानिसहरूको घरमा पुगेर आरडिटि चेक गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ शाखा प्रमुख जोशीले जानकारी दिए । यस अघि सुदुर पश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् भने ती मध्य एकजना निको भएर घर फर्किएका छन् ।