सुदूरपश्चिममा थप ५ जना कोरोना संक्रमित फेला - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सुदूरपश्चिममा थप ५ जना कोरोना संक्रमित फेला



कैलाली । सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका तीन, बैतडी एक र डडेल्धुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनगढी प्रयोगशाला मार्फत गयराति गरिएको परीक्षणमा पाँचै जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।

यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या १० पुगेको छ । सुदूरपश्चिमका ५ जना संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन्।