कैलालीमा आज ३२ जनामा कोरोना संक्रमण , सुदूरपश्चिममा ७५ संक्रमित - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कैलालीमा आज ३२ जनामा कोरोना संक्रमण , सुदूरपश्चिममा ७५ संक्रमित



कैलाली । कैलालीमा ३२ जनासहित आज सुदूरपश्चिम प्रदेशमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गोदावरी नगरपालिकामा सबै भन्दा धेरै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये १० जना पुरुष र ५ जना महिला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

धनगढी उपमहानगरपालिकामा ८ जना,घोडाघोडी नगरपालिका- ११ मा ४ जना ,भजनी नगरपालिका -२ मा ४ जना र जोशीपुर गाउँपालिका- २ मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।