कैलालीमा एक कोरोना संक्रमित महिलाको मृत्यु - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कैलालीमा एक कोरोना संक्रमित महिलाको मृत्यु



कैलाली – कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत गोदावरी नगरपालिका- १२ की ३० बर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनी निमोनियाकी बिरामी रहेको र बुधवार बिहान ११ बजे अस्पतालमा भर्ना भएकी थिईन् । राति ८ बजे मृत्यु भएकोमा आज कोरोना पुष्टि भएको हो । सेनाको एक टोलीले उनको शव तेघरी सामुदायिक वनमा व्यवस्थापन गरिएको छ ।
यो संगै सुदूरपश्चिममा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । फाइल तस्बिर :