कोरोनाबारे नयाँ तथ्य: १२ दिनपछि अन्य व्यक्तिमा नसर्ने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कोरोनाबारे नयाँ तथ्य: १२ दिनपछि अन्य व्यक्तिमा नसर्ने



एजेन्सी- कोरोना भाइरसबारे विश्वभर विभिन्न अध्ययन अनुसन्धानहरू भैरहेका छन् । यो नयाँ र रहस्यमय भाइरस भएकाले पनि यसबारे तिब्र अनुसन्धान चलिरहेको छ ।

यसैबीच एक अध्ययनले कुनैपनि व्यक्ति कोरोना संक्रमित भएको १२ दिनपछि अन्य व्यक्तिमा संक्रमण सार्न नसक्ने एक रहस्य खुलेको छ ।

सिंगापुर नेसनल सेन्टर फर इन्फेक्सन डिजिजेजले हालै अमेरिका र चीनका कोरोना संक्रमितहरु गरी ७३ जनामा गरेको अनुसन्धानबाट उक्त तथ्य फेलापरेको हो ।

सो अध्ययनका अनुसार कोरोना संक्रमित व्यक्तिको शरीरमा उक्त भाइरस रहिरहेपनि दोस्रो व्यक्तिहरुमा सार्न नसक्ने बताइएको छ ।

उक्त संस्थाका डिरेक्टर लिओ यी सिनकाअनुसार कोरोना संक्रमितलाई ‘आइसोलेसन’मा जम्मा ११ दिन राखे पुग्ने र १२औं दिनमा ‘डिस्चार्ज’ गरेपनि फरक नपर्ने जनाइएको छ ।

विश्वभर कोरोनाका कारण हालसम्म तीन लाख ४८ हजार बढीको मृ’त्यु भइसकेको छ । भने ठुला र शक्तिशाली राष्ट्रहरूमा तिब्र महामा’री फैलिएको छ ।

चीनको उहानबाट फैलिएको भनिएको कोरोना भाइरस अहिले चीनमा भने शुन्य छ। एसियाली मुलुकहरूमा संक्रमण बढिरहेको छ ।