नेपाल हङकङसँग ८३ रनले पराजीत - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपाल हङकङसँग ८३ रनले पराजीत



काठमाडौं : आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग उसकै घरेलु मैदानमा भएको खेलमा नेपाल ८३ रनले पराजित भएको छ ।

टस हारेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो । १९५ रनको लक्ष्य पाएको नेपाल ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १११ रनमा सिमित भयो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए ।

त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाउँदै पेभेलियन फर्किए । आरिफ शेख २३, विनोद भण्डारी १८, सोमपाल कामी ११ र सागर पुन र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए । सुशन भारीले १ रन बनाए भने वसन्त रेग्मी र करण केसीले खाता खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न हङकङका एहसान खानले सर्वाधिक ५ विकेट लिए । ५ ओभर ५ वल बलिङ गरेका उनले १७ रन दिएका थिए । त्यस्तै ऐजाज खानले ३, तनवीर अफजल र के क्रिस्टीले १र१ विकेट लिए । यस अघि हङकङका लागि जेके एटकिन्सनले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै तनविर अफजल ३८, बाबर हायात २९ रन, एहसान नवाज १६, निजाकत खान १२, वकास खान १४ रनमा पेभेलियन फर्केका थिए ।

बलिङतर्फ भने नेपालका लागि सन्दिप लामिछानेले १० ओभरमा ४८ रन खर्चँदै ३ विकेट लिए । त्यस्तै करण केसी तथा बसन्त रेग्मीले दुई–दुई विकेट र सुशन भारीले एक विकेट लिए ।