क्रिप्टो करेन्सीको कारोबार गर्ने तीनजना प्रहरीको फन्दामा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

क्रिप्टो करेन्सीको कारोबार गर्ने तीनजना प्रहरीको फन्दामा



काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वतको फलेबासका २१ वर्षीय राजन भट्टराई, सुनसरीको इटहरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौँको थापाथलीका २७ वर्षीय दीपेनराज श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार राजनले हालसम्म ९ सय ७५ जनासँग एक हजार ९ सय २६ पटक कारोबार गरेको देखिएको छ। उनीहरुमाथि बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन २०७३ अनुसार अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।