दोस्रो जीतका लागि भिड्दै सिएसके - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

दोस्रो जीतका लागि भिड्दै सिएसके



एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को चौथो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

आइपिएलका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनी रहेको चेन्नई लगातार दोस्रो जित निकाल्ने सोचमा छ । पहिलो खेलमा मुम्बई इन्डिन्सलाई ५ विकेटले पराजित गरेको चेन्नईको मनोबल उच्च छ । स्टिभ स्मिथ कप्तान रहेको राजस्थान पनि सुखद सुरुवात गर्न चाहन्छ । मुम्बईले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य चेन्नईले चार बल अगाडिनै पाँच विकेटको क्षतिा पूरा गरेको थियो ।

चेन्नइको जितमा आम्बाती रायुडूले ७१ र फाफ डु प्लेसिसले ५८ रनको योगदान दिएका थिए । मुम्बईविरुद्ध शेन वाटसन ४ र मुरली विजयी १ रनमा आउट भएका थिए । यी दुबै ओपनरलाई ठूलो इनिङ खेल्न आवश्यक छ । धोनीले विदेशी खेलाडीमा पहिलो खेलकालाईनै निरन्तरता दिन सक्छन् ।

युवा अलराउन्डर साम करनले मुम्बईविरुद्ध ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिनुको साथै ६ बलमा २ छक्का र १ चौका सहित १८ रनको योगदान दिएका थिए । तीव्र गतिका बलर लुन्गी एनगिडीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिएका थिए । एनगिडीको स्थानमा इमरान ताहिर वा ड्वेन ब्राभो मध्य एकलाई धोनीले मौका दिन सक्छन् ।

राजस्थानका अलराउन्डर बेन स्टोक्स र विकेटकिपर जस बटलर दुबै चेन्नईविरुद्ध उपलब्ध छैनन् । स्टोक्स बुबा बिरामीको कारण जन्मथलो न्यूजिल्यान्डमै छन् । विकेटकिपर जस बटलर क्वारेन्टाइनमा रहेको हुँदा आजको खेलमा टोली छनोटमा उपलब्ध हुने छैनन् । जसले गर्दा राजस्थान केहि समस्यामा छ ।

यू१९ विश्वकप र घरेलु क्रिकेटमा उच्च प्रर्दशन गर्दै आएका युवा स्टार यशस्वी जैसवाल र रोविन उथप्पाले ओपनिङ गर्ने सम्भावना छ । बायाँ हाते जैसवालले डेब्यु खेलमा उत्कृष्ट प्रर्दशन गर्न सक्छन् । मध्यक्रम स्मिथसँगै भारतीय युवा ब्याट्सम्यान सञ्जु स्यामसन र दक्षिण अफ्रिका डेभिड मिलरले सम्हाल्ने छन् । स्मिथ र मिलरको प्रर्दशनले ठूलो प्रभाव पार्ने देखिन्छ ।

तल्लोक्रम युवा अलराउन्डर रियान पराग र इंग्ल्यान्डका टम करनको सम्भावना छ । यी दुवै अलराउन्डर टोलीका लागि नायक बन्न सक्छन् । स्पिन बलिङ गर्ने परागले आक्रामक ब्याटिङ गर्ने गर्दछन् । तीव्र गतिका बलर जोफ्रा आर्चर, जयदेव उनादकट र कात्तिक त्यागीका सम्भावना छ । स्पिनरमा श्रेयस गोपाललाई खेलाउने छ ।

आइपिएलमा यी दुई टोलीबीच कुल २२ खेल भएका छन् । जसमा चेन्नई १४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । गत वर्षको लिग चरणको दुबै खेलमा चेन्नई विजयी भएको थियो ।