सिए नेविसंघ भारतद्वारा पतंजली औधोगिक क्षेत्रको भ्रमण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सिए नेविसंघ भारतद्वारा पतंजली औधोगिक क्षेत्रको भ्रमण



हिमाल पोस्ट /नयाँदिल्ली ,पुस २६ 

सिए नेविसंघ भारतले दुई दिने औधोगिक भ्रमण सम्पन्न गरेको छ ।

गत ७ र ८ तारिखका दिन सम्पन्न उक्त भ्रमणमा भारतका विभिन्न स्थानमा अध्ययनरत चार्टर्ड एकाउन्टेन (सिए) अध्ययनरत विद्यार्थी र भारतमै कार्यरत चार्टर एकाउन्टेन (सिए)हरुको उपस्थिती रहेको थियो । भारतको राजधानी नयाँदिल्लीबाट करिब २ सय ५० किलोमिटर टाढा हरिद्धार स्थित पतन्जली औधोगिक प्रतिष्ठान लगायतकाे भ्रमण गरिएको सिए नेविसंघ भारतले जनाएको छ ।

औधोगिक क्षेत्रसम्बन्धि ज्ञान अभिवृद्धि गर्ने उद्धेश्यका साथ उक्त भ्रमण गरिएको सिए नेविसंघ भारतका उपाध्यक्ष विज्ञान मरासिनीले जानकारी दिएका छन् ।

पछिल्लो समय भारतमा उदीयमान औधोगिक प्रतिष्ठानका रुपमा विकास भइरहेको पतंजली औधोगिक क्षेत्रको भ्रमणबाट औधोगिक क्रान्तिका बारेमा विद्यार्थीहरुले जानकारी लिन सफल भएको सिए नेविसंघ भारतका सभापति गिरु न्यौपानेले बताए । उक्त टोलीले पहिलो दिन पतंजली औधोगिक क्षेत्रको भ्रमण गर्नुका साथै दोस्रो दिन हरिद्धारस्थित विभिन्न धार्मिक स्थलहरुको अवलोकन गरेको थियो ।