सिटिईभिटि प्रमुखलाई नेविसंघले दल्यो कालोमोसो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सिटिईभिटि प्रमुखलाई नेविसंघले दल्यो कालोमोसो



२५ असोज, काठमाडौं ।

माथि नेपाल विद्यार्थी संघले सिटिईभिटि महाशाखा प्रमुख जीवनारायण काफ्लेलाई कालोमोसो दलेको छ । सिटिइभिटि केन्द्रीय कार्यलयमा पुगेर नेपाल विद्यार्थी संघका केन्द्रीय नेतासँगै सिटिइभिटि संयोजक र विद्यार्थीहरुले महाशाखा प्रमुख काफ्ले माथि कालोमोसो दलेका हुन ।
सिटिईभिटिले विद्यार्थीका जायज मागहरुसँगै शैक्षिकमुद्धा ओझेलमा पार्न खोजिएकाले महाशाखा प्रमुख काफ्ले माथि मुसो दल्नु परेको नेपाल विद्यार्थी संघले जनाएको छ ।

नेपाल विद्यार्थी संघले जायजमागहरु पुरागर्नकोलागि पटक पटक प्रशासनलाई आग्रह गर्यो, तर प्रशासनले मागहरुको वास्ता नगरेको बताइएको छ,

विगतका सम्झौताहरु कार्यन्वयन गराउनु पर्ने तिर नभइ शिक्षा मन्त्रालय र सिटिईभिटिका कर्माचारीहरु आफुु खुशी नयाँ कलेजको सम्बन्धन दिएकोमा समेत नेवि संघले आपत्ती जनाएको छ ।